बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खोज, उद्धार र राहतमा सेनाको सहयोग जारी

मङ्गलबार, ३१ असार २०७६, २२ : २३
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं-नेपाली सेनाले वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित जनजीवन सामान्य बनाउन विपद् उद्धारका सामग्रीसहित खोज, उद्धार तथा राहत जारी राखेको छ । 
 
सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समितिद्वारा वितरण गरिने राहत सामग्री सेनाको हवाई साधनमार्फत सम्बन्धित स्थानमा पु¥याउन सहयोग गर्नाका साथै स्थानीय स्तरमा राहत वितरणमा सहयोग जारी राखेको जनाएको छ । असार २६ गतेदेखि परेको वर्षाका कारण मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानबाट प्रभावित जनजीवन सामान्य अवस्थामा ल्याउन सेनाले झण्डै १५ हजार सैनिक खटाएको छ ।  
 यस्तै पहिराका कारण अवरुद्ध विभिन्न राजमार्ग पुनः सञ्चालनमा ल्याउन तथा तटीय क्षेत्रमा तटबन्ध निर्माण, नाला सफाइलगायत कार्य जारी राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । खोज, उद्धार र राहतका लागि काठमाडौँमा दुई एमआई १७, एक एएलएच, एक अगुष्टा तथा एक इक्युरेल हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । इटहरीमा एउटा बेल हेलिकप्टर र धनुषामा एउटा एमआई १७ हेलिकप्टर तयारी अवस्थामा राखिएको निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप