जापानद्वारा मित्सुबिसीको सम्पत्ति विक्रीमा रोक लगाउन दवाव, इन्कार गरे टोकियोले प्रतिवाद गर्ने
टोकियो-जापानले मित्सुबिसीका ठूला उद्योगहरूको विक्रीमा रोक लगाउन दक्षिण कोरियासँग आग्रह गरेको छ ।
मङ्गलबार जापानका विदेशमन्त्री तारो कानोले मित्सुबीसीको सम्पत्तिको सम्भावित विक्रीलाई रोक्न भन्दै यदि यस कार्यलाई अघि बढाएमा सन् १९१० देखि १९४५ ताका कोरियाली प्रायदीपमा उपनिवेशीकरण हुँदै गर्दा भएका युद्धकालीन श्रम पिडितलाई थप क्षति हुने बताएका छन् ।
कानोले दक्षिण कोरियाली पक्षलाई भने, “यदि कम्पनीको सम्पत्ति विक्रीबाट जापानले क्षति ब्यहोर्नु परेमा यसको टोकियोले प्रतिवाद गर्नेछ ।”
“हामी उनीहरू (कोरियाली)लाई कडारूपमा यो आग्रह गर्न चाहन्छौँ कि जापानी उक्त कम्पनीको सम्पत्ति विक्री नहोस्,” कानोले पत्रकारसँगको भेटमा भने ।
दक्षिण कोरियाली अभियोजनकर्ताहरूले छिट्टै जापानी मित्सुबिसी कम्पनीको सम्पत्ति विक्रीका लागि आवश्यक प्रक्रिया शुरू गर्ने बताएपछि जापानी विदेश मन्त्रीको सम्पत्ति विक्री प्रक्रियालाई अघि नबढाउन भनी उक्त अभिव्यक्ति आएको हो ।
गत बर्षको नोभेम्बरमा दक्षिण कोरियाको उच्च अदालतले अभियोजनकर्ताहरूलाई युद्धताका जबर्जस्ती निकालिएका श्रमिकलाई क्षतिपूर्ति दिलाउन निर्देशन गरेको थियो । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’