शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज राती १४९ वर्षपछिको ऐतिहासिक चन्द्रग्रहण लाग्दै, नाशाले प्रत्यक्ष प्रसारण गर्ने

बुधबार, ०१ साउन २०७६, ०० : १२
बुधबार, ०१ साउन २०७६

एजेन्सी-आज राती साढे १ बजेदेखि साढे ४ बजेसम्म चन्द्रग्रहण लाग्ने भएको छ । करिब ३ घण्टासम्म लाग्ने यो चन्द्रग्रहण यो सालको दोश्रो र अन्तिम चन्द्रग्रहण हो । यस चन्द्रगहणलाई उत्तरपूर्वी एसिया, भारत, अष्टेलिया, अफ्रिका, युरोप, दक्षिण अमेरिका लगायतका स्थानबाट स्पष्ट देखिन सकिने बताइएको छ ।

यसकारण महत्व छ यो पटकको चन्द्रगहणको 
यो पटकको चन्द्रग्रहण ऐतिहासिक भएको ज्योतिषशास्त्रीहरुले बताएका छन् । किनभने यो पटक यस चन्द्रगहणले गुरुपुर्णिमाको तिथी समेत भेटेको छ । यसअघि १४९ वर्षअघि गुरुपुर्णिमाका दिन चन्द्रग्रहण लागेको थियो । त्यसपछि यो वर्ष गुरुपूर्णिमाका तिथिमा चन्द्रग्रहण लाग्ने भएको छ । गुरुपुर्णिमा हिन्दुहरुका लागि निकै महत्वको चाड हो । यो दिन हिन्दु धर्म मान्नेहरुले गुरुको सम्झना गर्ने गर्छन् । त्यसैले यो रात लाग्ने चन्द्रग्रहण ऐतिहासिक भएको ज्योतिशशास्त्रीहरुको भनाई छ ।

चन्द्रमा मध्यरात १२ बजेर १३ मिनेट जाँदा पृथ्वीको बाहिरी छायाँ र १ बजेर ३१ मिनेटमा पृथ्वीको केन्द्रीय छायाँमा पर्नेछ । चन्द्रग्रहण रातको ३ बजे स्पष्ट देखिने खगोलशास्त्रीहरुको भनाई छ । यो चन्द्रग्रहणको प्रत्यक्ष प्रसारण (लाइभ) नासाको अफिसियल वेभसाइट (www.nasa.gov) मार्फत हेर्न सकिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप