केन्द्रीय संस्करण

संसदीय समितिका सभापतिलाई गाडी: सद्दे थन्क्याउँदै, नयाँ किन्दै

person explore access_timeसाउन १, २०७६ chat_bubble_outline0

संघीय संसदन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्क्याउँदै उनीहरुलाई नयाँ गाडी दिने तयारी भएको छ । पहिलो लटमा चार समितिका सभापतिलाई गाडी उपलब्ध गराइसकिएको छ । दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराउने तयारी छ। संसद् सचिवालयले केही दिनभित्रै दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराइने जनाएको छ । सचिवालयले ६ करोड १६ लाख रुपैयाँ खर्चेर ११ स्कोर्पियो गाडी खरिद गरिसकेको छ ।

समितिका सभापतिहरुले अहिले चढिरहेका गाडी ग्यारेजमा थन्काउने तयारी भएको स्रोतले बतायो । ‘अहिलेसम्म कसैलाई दिने कुरा भएको छैन, यदाकदा कर्मचारीले प्रयोग गर्न सक्छन्’, स्रोतले भन्यो ।  संसद् सचिवालयले सद्दे गाडी ग्यारेजमा थन्क्याई लगातार नयाँ खरिद गर्दै आएको छ । सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेर स्थानीय तहमा पठाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कोर्पियो, ६ वटा कार, दुइटा टाटा सुमो र एउटा बस लगेको हो ।

संसद् सचिवालयले दुई वर्षयता २३ वटा गाडी किनिसकेको छ । यसपटक ११ वटा गाडी खरिद भएकाले यो संख्या ३४ पुगेको छ । यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...