शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भूमाफियाको दाउ भताभुंग: सरकारी जग्गा सरकारको नाममा गर्न सर्वोच्चको आदेश

बुधबार, ०१ साउन २०७६, ०७ : २५
बुधबार, ०१ साउन २०७६

भूमाफियाहरुले कथित गुठी र नक्कली मोहीमार्फत हत्याउने प्रयास गरिरहेको राजधानी गोठाटारस्थित करिब २५रोपनी जग्गा सरकारको नाममा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रधानान्यायाशीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले गुठी संस्थानबाट भूमाफियाको डिजाइनमा गुह्येश्वरी चैत्य महाअष्टमी गुठीको तैनाथी कायम गरेको जग्गा सरकारी भएको ठहर गरेको हो ।

सर्वोच्चको फैसलासँगै भूमाफियाहरुले गुठीमार्फत मोहीका नाममा ल्याई अर्बौ रुपैँया पर्ने जग्गा हत्याउन गरेको षड्यन्त्र विफल भएको छ । 

पटकपटक सरकारी, माही र गुठीको विवादमा परेको २५ रोपनी ४ अना जग्गा अब सरकारी लगतमा रहनेछ । यो समाचार कान्तिरपुर दैनिकमा छापिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप