कांग्रेसमा चर्को विवाद, नियमावली पुनः समितिमै फर्काइयो
बुधबार, ०१ साउन २०७६, ०८ : ०९
नेपाली काँग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ । सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएका छन् ।
अघिल्लो आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेता कृष्णप्रसाद सिटौलाले सस्यौदाविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका थिए । त्यसलगतै सभापति देउवा पक्षले सर्वसम्मत तरिकाले पुनः मस्यौदा बनाउन समितिलाई निर्देशन दिएको थियो ।
पाँच सदस्यीय मस्यौदा समितिमा देउवा इतरका केन्द्रिय सदस्य प्रदीप पौडेल र जीवन परियार सहभागी छन् । यो समाचार अन्नपूर्ण दैनिकमा नवीन झाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान