बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विशेष रुपले सक्षम प्रशंसकले खुट्टाले बनाइन् सलमान खानको पेन्टिङ, नायकले भिडियो सेयर गर्दै यस्तो भने

बुधबार, ०१ साउन २०७६, १० : २७
बुधबार, ०१ साउन २०७६

बलिउड स्टार सलमान खानका लाखौं प्रशंसक छन् । उनका हज्जारौं प्रशंसक उनको एउटा झलक पाउनका लागि हरेक समय उनको घरबाहिर कुरिरहेका हुन्छन् । सलमान खानकी एक विशेष रुपमा सक्षम प्रशंसकले उनको सुन्दर तस्बिर बनाएका छन् ।

सलमान खानले जुलाई १६ अबेर राती आफ्नो इन्स्टाग्राममा एउटा भिडियो सेयर गरे जसमा उनको एक प्रशंसकले खुट्टाले सलमान खानको तस्बिर बनाइरहेकी छिन् ।

भुइँमा बसिरहेकी ती प्रशंसकले मोबाइलमा सलमान खानको फोटो खोलेर राखेकी छिन् र त्यो हेरेर उनी पेन्टिङ बनाइरहेकी छिन् ।

सलमान खानले भिडियो सेयर गर्दै लेखेका छन्, ‘भगवानले तिमीलाई खुसी राखुन् । यो प्रेमको बदलामा के दिन सक्छु र । तपाईंलाई धेरै आशिर्वाद र प्रेम । ’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

God bless... can’t reciprocate the love but prayers and much love !!!

A post shared by Salman Khan (@beingsalmankhan) on

सलमान खानले यो भिडियो सेयर गरेलगत्तै उनले फलोअर्सले तुरुन्त यसलाई लाइक गर्न सुरु गरे । केही घण्टाभित्रै यो भिडियो सोसल मिडियामा भाइरल भयो ।

सलमान खान आजकाल दबंग थ्रीको सुटिङमा व्यस्त छन् । यो फिल्मको सुटिङ लगभग पूरा भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप