शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘गुलाबो सिताबो’ को कारण तनाबमा अमिताभ बच्चन

बुधबार, ०१ साउन २०७६, १० : ३९
बुधबार, ०१ साउन २०७६

बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो फिल्मी करियरमा विभिन्न प्रकारका भूमिका निभाएका छन् । उनले अभिनयमा मात्रै आफूलाई चरित्रमा उतारेनन् उनले आफ्नो अनुहारमो भावभङ्गी समेत परिवर्तन गराएका छन् । 

पछिल्लो समय लखनऊमा ‘गुलाबो सिताबो’ को शुटिङमा व्यस्त रहेका अमिताभको पहिलो लुक सार्वजनिक भएको छ । उनले एकजना वृद्ध व्यक्तिको भूमिका निर्वाह गरेका छन् । उनले उक्त भूमिकामा देखिनको लागि प्रोस्थेटिक प्रविधिको प्रयोग गरिएको थियो ।

अमिताभले यो भूमिका निभाउनको लागि प्रयोग गरिएको ‘प्रोस्थेटिक’ प्रविधिको प्रयोग गर्दा झेल्नुपरेको समस्याको बारेमा आफ्नो ब्लगमा शेयर गरेका छन् । उनले उक्त प्रविधिको प्रयोग गर्न कुनै समस्या पनि नभएको बताएका छन् । तर यसको प्रयोग गर्दा निकै थकान महसुस हुने बताएका छन् । 

जहिले यो भूमिका निभाउनुपर्ने दिन आउँछ विस्तारै सहज महसुस हुँदै जान्छ । तर, प्रास्थेटिकमा पाउडर भरिँदै जान्छ यसको प्रभाव कम गर्नको लागि गिरावट हुन्छ ।

अमिताभले लेखेका छन्, पश्चिमा फिल्म उद्योगमा तीन दिनभन्दा बढी प्रोस्थेटिकको प्रयोग गर्न नपाइने नियम रहेको छ । दोस्रोपटक गर्नको लागि अनुहारमा लगाउनको लागि एक वा दुई दिनको ब्रेक लिनुपर्ने तर उनले महिनौँ दिनसम्म नियमित लगाउनुपरेको बताएका छन् । फिल्म ‘पा’मा  पनि यस्तो भएको तर कुनै प्रतिक्रिया नजानाएको पनि उनले उल्लेख गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप