शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढीपहिरो पीडितका लागि नेविसंघद्वारा राहत संकलन

बुधबार, ०१ साउन २०७६, १२ : ५४
बुधबार, ०१ साउन २०७६

काठमाडौं–नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बाढीपहिरो तथा डुबान पीडितका लागि सहयोग रकम संकलन  गरेको छ।

बुधबार काठमाडौंका नेपालटार, बाइपास, माछापोखरी लगायतका ठाउँमा सहयोग नगद र जिन्सी सहयोग संकलन गरिएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य शुशील भट्टले जानकारी दिए । 

बुधबार ४९ हजार ५७१ हजार नगदका साथै जिन्सी लत्ताकपडा राहत सहयोग संकलन  गरिएको उनको भनाइ छ । 

संकलन भएको राहत पीडितसमक्ष वितरण गर्ने नेविसंघका नेता निरन्जन थापाले जानकारी दिए।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप