पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ
बुधबार, ०१ साउन २०७६, १३ : ३५
१
लिमा– भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन् । पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ ।
महान्यायाधिवक्ताले पूर्व राष्ट्रपति टोलेडोलाई स्वदेश फर्काउन अमेरिकी अधिकारीहरुसँग वार्ता भइरहेको बताएको छ । टोलेडो सन् २०१७ देखि संयुक्तराज्य अमेरिकामा बस्दै आएका छन् । टोलेडोमाथि ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरु र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरु विभिन्न अपराधमा संलग्न रहेको आरोप छ ।
उनकी पत्नी एलियान कार्प विरुद्ध पनि मुद्दा दायर गरिएको छ । टोलेडोको सुपुर्दगीका लागि एकदेखि डेढ वर्ष लाग्ने बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चैते धानको न्यूनतम समर्थन मूल्य तोकियो, किसानले प्रतिक्विन्टल २८ सय पाउने
-
बागमतीको सत्तामा हाम्रो नेपाली पार्टीको 'इन्ट्री', बज्राचार्य बने मन्त्री
-
रास्वपाले गर्यो एमाले पार्टी कार्यालयको अध्ययन भ्रमण
-
इलाम—२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार
-
मन्त्री बन्न र सत्ता जोगाउन बागमतीमा ५ बुँदे निर्णय
-
सादा पोसाकमा प्रहरी परिचालन नगर्न सर्कुलर