बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

४ करोड २३ लाख ठगेको भन्दै प्रहरीमा उजुरी

बुधबार, ०१ साउन २०७६, १५ : २५
बुधबार, ०१ साउन २०७६

कास्की– ठूलो रकम ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा गत वैशाख २ गते एउटा उजुरी पर्यो । आफूहरु ठगिएको भन्दै उजुरी दिन पुगेका थिए–स्याङ्जाको जगत्रदेवी घर भइ हाल कास्कीकै पोखरा महानगरपालिका ३ बस्ने दालप्रसाद श्रेष्ठ र जनक पहारी ।

श्रेष्ठ र पहारीले पोखरा महानगरपालिकाकै विपेन्द्रराज बतासले आफूहरुबाट ४ करोड २३ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । 

दर्ता नम्बर ६१० रहेको यो उजुरी परेको झण्डै तीन महिनासम्म पनि प्रहरीले आरोपी बतासलाई नियन्त्रणमा लिन सकेको छैन । प्रहरीले उनलाई पक्राउ नगर्दा आफूहरुले थप पीडा भोग्नुपरेको पीडितहरुको गुनासो छ । 

कसरी ठगिए श्रेष्ठ र पहारी ?

श्रेष्ठ, पहारी र बतास एउटै जिल्लाका बासिन्दा हुन् । उनीहरुबीच २०७४ साल साउन महिनाबाट सहमतिका आधारमा रोक्का जग्गा फुकुवा गरेर व्यवसाय गर्ने र रकम बाँडफाड गर्ने सहमति बन्छ । 

उनीहरुबीच साझेदारीका आधारमा सांग्रीला होटल व्यवसाय गर्ने सहमति बन्छ । जुन सहमतिमा अनुसार जग्गा विक्री भएपछि बैंकको समेत हिसाव मिलाएर दामासाही बाँड्ने उल्लेख छ । 

तर, सोही सहमतिअनुसार जग्गा विक्री भएपनि वतासले उक्त विक्रीपछि बैंकलाई तिरेर बाँकी रहेको रकम वतासले नदिएको श्रेष्ठ र पहारी बताउँछन् ।

 ‘पहिला ५९ नम्बर कित्ता र त्यसपछि १९ कित्ता जग्गामा हामीलाई ठगियो । त्यो बाहेक विभिन्न समयमा अरु रकम समेत गरेर वतासले ४ करोड २३ खाल रुपैयाँ उसले हामीलाई दिनुपर्नेछ’ पहारीको भनाइ छ ।  


‘कित्ता नम्बर ५९ पछि कित्ता नम्बर १९ मा पनि त्यसैगरी ठगियो । होटलको पार्टनरसिप बस्ने भनेर १९ नम्बर कित्ता जग्गा पनि त्यसैगरी विक्री भयो तर हामीले पाउनुपर्ने रकम पाएनौ’ पहारीले रातोपाटीसँग भने,‘ विश्वासका आधारमा हामीले हाम्रो सवै सम्पत्ति उसको नाममा गर्यौ, तर ठूलो धोका भयो अनि प्रहरीमा उजुरी हाल्यौँ । उजुरी हालेपछि ऊ फरार छ । प्रहरीले पनि खोजी जारी राखेपनि नभेटाएको जवाफ दिने गरेको छ ।’ 

विवदकैबीच पोखरा लेखनाथ महानगरापालिका वडा नम्बर ६ को ५९ कित्ताको ४४५.०० वर्गमिटर क्षेत्रफल जग्गा र सोही ठाउको १९ नम्बर कित्ताको जग्गा वतासले बैंकमा राखेर ऋण समेत लिएको जाहेरीमा उल्लेख छ ।

पीडितहरुले प्रहरी र अदालतमा समेत उजुरी दिएपछि बतासले निषेधाज्ञा खारेजीको माग गदै दुई पटक उच्च अदालतमा निवेदन समेत दिएका थिए । जुन निवेदनमा उच्च अदालत पोखराले २ पटक खारेज गरिदिएको छ ।  
यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख दान वहादुर कार्कीसँग बुझ्दा उनले उजुरी परेको पुष्टि गर्दै त्यसको छानविन र खोजबीन भइरहेको प्रतिकृया दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप