शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्मचारीहरुको कार्यशैलीमा परिवर्तन नभएसम्म समृद्धि सम्भव छैन : मन्त्री यादव

बुधबार, ०१ साउन २०७६, १८ : ४०
बुधबार, ०१ साउन २०७६

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कर्मचारीहरुको कार्यशैलीमा परिवर्तन नभएसम्म मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनै नसकिने बताएका छन् ।  मन्त्री यादवले सरकारले लिएको समृद्धिको राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई सचेत गराए ।

बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३२ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न कर्मचारीहरु प्रतिवद्ध हुनुपर्ने पनि स्पष्ट पारे । उनले कर्मचारीहरुले नदीमा आएको छालजस्तो गतिविधि गर्न नहुने पनि दोहो¥याए ।

मन्त्री यादवले कर्मचारीहरुले शासक नभई जनताको सेवकको रुपमा काम गर्नुपर्ने पनि बताए । नेता र कर्मचारीले शासक र प्रशासकको रुपमा काम गर्ने गरेकाले जनताले  आफ्नो सेवा पाउन नसकेको मन्त्री यादवको स्विकारोक्ती छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप