बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैंकको नेप्सेमा रहेको सेयरका लागि आवेदन खुल्यो, क–कसले पाउँछन् फर्म भर्न ?

बुधबार, ०१ साउन २०७६, १९ : ४३
बुधबार, ०१ साउन २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकको नेपाल स्टक एक्सचेन्जमा रहेको सेयर बिक्रिका लागि आवेदन खुला भएको छ । आवेदन असार ३१ गतेदेखि खुला भएको छ । आवेदन दिने अरिुन्तम समय भदौ २ गतेसम्म हो ।  प्रतिसेयर सय रुपैयाँ अंकित दरको १७ लाख २९ हजार ९ सय ८९.५० कित्ता सेयरका लागि आवेदन खुलेको हो ।

यो सेयर खरिद गर्न चाहने बैंक तथा वित्तिय संस्था, धितोपत्र व्यवसायी, सुचिकृत संगठित संस्थाले आवेदन भदौ २ गतेसम्म दिइसक्नुपर्नेछ । प्रतिकित्ता के कति दररेटमा लिन चाहेको हो सो खुलाइ नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभागमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । 

सेयर खरिदका लागि आवेदन गर्दा नेपाल स्टक एक्सचेन्जको कुल पुँजीको पाँच प्रतिशत र बढीमा १० प्रतिशतसम्म हुनेगरी आवेदन पेश गर्नुपर्नेछ । सेयरको न्युनतम मूल्य प्रतिसेयर एक हजार ३२ रुपैयाँ वा सो भन्दा बढी मूल्य राखेर आवेदन दिनुपर्नेछ । आवेदनको लागि ५ सयको भौचर भर्नुपर्नेछ । सो बोलपत्र भदौ ४ गते बिहान ११ बजे खोलिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप