बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘भारतीय जासुस’ सम्बन्धी मुद्दा पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश

बिहीबार, ०२ साउन २०७६, ०७ : ४४
बिहीबार, ०२ साउन २०७६

अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले जासुस आरोपित भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्डसम्बन्धी फैसलालाई पुनरावलोकन  गर्न पाकिस्तानलाई आदेश दिएको छ ।
 
पाकिस्तानको अशान्त बोलोचिस्तान प्रान्तबाट सन् २०१६ मा नियन्त्रणमा लिइएका भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई जासुस भन्दै पाकिस्तानको शैनिक अदाललतले सन् २०१७ मा मत्युदण्डको सजाय सुनाएको थियो । 

भारतले उ माथि लागेको आरोप खण्डन गर्दै संयुक्त राष्ट्रसंघको अदालतको ढोका ढक्ढक्याएको थियो । 

जाधवमाथि अन्यायपूर्ण ढंगले मुद्दा चलाइएको भन्दै हस्तक्षेप गर्न भारतले आइसिजेमा निदेवदन दिएको थियो । यो समाचार नागरिक दैनिकले छापेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप