चार वर्षपछि यस्ती देखिन्छिन् बजरंगी भाइजानकी मुन्नी
बलिउडकी ‘मुन्नी’का हालैका केही तस्बिर चर्चाको विषय बनेको छ । मुन्नी आफ्नो आगामी फिल्मका लागि तयारीमा जुटेकी छिन् ।
हर्षाली मल्होत्राले विभिन्न समयमा बलिउडको विषयमा आफ्नो महत्वाकांक्षालाई व्यक्त गरिसकेकी छिन् । उनी ठूलो भएर बलिउडकी चर्चित अभिनेत्री बन्न चाहन्छिन् । हर्षाली मल्होत्रा एक बालकलाकार हुन् जसले फिल्म ‘बजरंगी भाइजान’ मार्फत् पहिचान पाएकी थिइन् ।
अहिले उनी ११ वर्षको भइसकेकी छिन् । बजरंगी भाइजान हर्षाली मल्होत्राको पहिलो फिल्म थियो । यो फिल्ममा हर्षालीले मुन्नीको भूमिका निभाएकी थिइन् । यो भूमिकाका कारण मुन्नीलाई निकै रुचाइएको थियो ।
मुन्नी अहिले आफ्नो पढाईमा व्यस्त छिन् । हर्षाली अहिले निकै सानी छिन् त्यसकारण उनी आफ्नो सोसल मिडिया अकाउन्ट चलाउँदिनन् ।
उनको अकाउन्ट उनकी आमाले चलाउँछिन् । हर्षालीले कृति सेननसँग विज्ञापन गरेर करियर सुरु गरेकी थिइन् ।
हर्षालीले नायकमा सलमान खान र नायिकामा कट्रिना कैफ मनपर्ने बताउने गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा