शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा औषधी पठायो

बिहीबार, ०२ साउन २०७६, १२ : ५५
बिहीबार, ०२ साउन २०७६

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा औषधी पठाएको छ ।  

बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य उपचारको लागि यूनिसेफको सहयोगमा झण्डै १० हजार नागरिकलाई पुग्ने आवश्यक औषधी पठाइएको मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइ प्रमुख चूडामणि भण्डारीले जानकारी दिए । 

यो औषधी रौतहट, सर्लाही र सिरहा क्षेत्रको लागि पठाइएको हो । बाढी प्रभावित क्षेत्रमा झाडापखाला, सर्पदंश ,रुघाखोकी, ज्वाँरो, डेङगूको लागि आवश्यक औषधीहरु रहेका छन् । 

बाढी प्रभावित क्षेत्रमा स्थानीय र प्रदेश अन्तर्गत औषधी व्यवस्थापनको काम भइरहेपनि थप सहजताका लागि संघबाट ३ ठाउँमा चिकित्सकको टोली र औषधी पठाइएको प्रमुख भण्डारीले बताए ।   

  अहिलेसम्म कति नागरिकले उपचार पाए र कस्ता—कस्ता रोग फैलियो भन्ने बारेमा भने शुक्रबारसम्म रिर्पाेट आएपछि जानकारी हुने उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप