‘सुपर गोर्खे’ प्रदर्शन हुने
बिहीबार, ०२ साउन २०७६, १३ : १४
काठमाडौं– गतवर्ष प्रदर्शनमा आउने भनिएपनि प्रदर्शन हुन नसकेको फिल्म ‘सुपर गोर्खे’ यो साउनमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक राज थापाले साउन १० गते फिल्म रिलिज पक्का गरिएको जानकारी दिए ।
अभिनेत्री ऋचा सिंह ठकुरीको निर्माण रहेको फिल्ममा ऋचाको अलवा सुरज सिंह ठकुरी, निराजन लुइँटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
विवाहपछि अभिनयबाट टाढा रहेकी ऋचा यस फिल्मबाट पुनरागमन गर्न लागेकी हुन् ।
इश्वरीसिंह ठकुरी, राम कृष्ण, सुदिपजंग थापाको लगानी रहेको फिल्मलाई सौरभ लामाले छायाँकन गरेका छन् । निर्देशक थापाकै कथा रहेको फिल्ममा फिलिप जोनको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध