शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘हजार जुनीसम्म’को टाइटल गीत आयुषले गाउने

बिहीबार, ०२ साउन २०७६, १३ : ३१
बिहीबार, ०२ साउन २०७६

काठमाडौं– भारतीय टिभी जी टीभीको रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हुँदै फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली फिल्मको पनि गीत गाउने भएका छन् । उनले विकास आचार्यको निर्देशन रहेको फिल्म ‘हजार जुनीसम्म’को टाइटल गीत गाउने भएका हुन् । बालकलाकार अनुभव रेग्मीको अभिनय रहने गीत आयुषको स्वरमा रेकर्ड तयारी गरेको निर्देशक विकासले बताए । गीत केही दिनमा रेकड गरिने विकासको भनाई रहेको छ । 

फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, संचिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ ।  फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा उदयराज सोताङ्ग, राजनराज शिवाकोटी, वसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप