शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी संयन्त्रलाई दलहरुले नै काम नलाग्ने बनाएको उद्योगपति चौधरीको आरोप

बिहीबार, ०२ साउन २०७६, १४ : ५२
बिहीबार, ०२ साउन २०७६

काठमाडौं– उद्योगपति विनोद चौधरीले मुलुकको कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले नै काम नलाग्ने बनाएको आरोप लगाएका छन् ।  मुलुककै धनाढ्य चौंधरीले राजनीतिक दलहरुकै संरक्षणका कारण कर्मचारीहरु माथिल्लो ओहोदामा पुग्ने गरेकाले उनीहरुले काम गर्न नसकेको तर्क पनि गरे । 

नेपाली काँग्रेसका सांसद समेत रहेका उनले लिडरसिपसँगको सम्बन्धको आधारमा माथिल्लो ओहोदामा कर्मचारी पुगेकाले उनीहरुले काम गर्न नसकेको पनि स्मरण गराए ।

बिहीबार संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उद्योगपति चौंधरीले २०४६ सालयताका दिनहरुलाई हेर्ने हो भने माथिल्लो ओहोदामा पुग्ने कर्मचारीसँग योग्यता र कार्यक्षमता भन्दा पनि नेतृत्वसँगको सम्बन्धले काम गर्ने गरेको पनि उल्लेख गरे ।

सबैभन्दा कम क्षमता भएकाहरुलाई माथिल्लो ओहोदारको जिम्मेवारीमा पु¥याउने राजनीतिक नेतृत्वको कारण मुलुकको कर्मचारी संयन्त्र कामै गर्न नसक्ने अवस्था पुगेको उद्योगपति चौंधरीको दावी छ ।

उद्योगपति चौंधरीले कर्मचारी संयन्त्रलाई गतिशील बनाउन उनीहरुको मानसिकतामा परिवर्तन हुने गरी तालिमको व्यवस्था गर्न पनि सरकारसँग माग गरे । योग्यता, क्षमता र कार्यकूशताको आधारमा कर्मचारीलाई जिम्मेवारी दिने व्यवस्था भएमात्रै मुलुकमा कर्मचारीले उचित ढंगले कार्य सम्पादन गर्न सक्ने उनको बुझाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप