शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वपश्चिम राजमार्गमा बस र पिकअप भ्यान ठोक्कियो, २ जनाको मृत्यु

बिहीबार, ०२ साउन २०७६, १५ : १०
बिहीबार, ०२ साउन २०७६

मोरङ– मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार  मृत्यु हुनेहरुमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका– ३ का ३१ बर्षीय टिकाराम थापा र बसमा  सवार  नामथर नखुलेका अन्दाजी ३५ बर्षका एक पुरुष यात्रु रहेका छन् । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिंदा बस अनियन्त्रित भई उक्त दुर्घटना भएको थियो ।  एक जनाको घटनास्थलमै र सहचालकको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका घाईतेहरुको न्यूरो अस्पताल विराटनगर, मोरङ डाइनेष्टिक अस्पताल पथरी र नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप