बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सचिवहरुलाई हरेक वर्ष तालिमको व्यवस्था गर्न जनार्दन शर्माको प्रस्ताव

बिहीबार, ०२ साउन २०७६, १६ : ५२
बिहीबार, ०२ साउन २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले सचिवहरुलाई समेत हरेक वर्ष तालिमको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । पूर्वगृहमन्त्री समेत रहेका शर्माले हरेक आर्थिक वर्षको पहिलो साता सचिवसहितका सबै कर्मचारीलाई अनिवार्य तालिमको व्यवस्था गनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले नयाँ संविधानबारे कर्मचारीहरुलाई आवश्यक तालिम नदिएका कारण अहिले कानुन निर्माणका कठिनाई भइरहेकोतर्फ पनि सचेत गराए । उनले कर्मचारी तथा संस्थाहरुको पनि क्षमता अभिवृद्धिका लागि हरेक आर्थिक वर्षको पहिलो साता अनिवार्य तालिमको व्यवस्था गर्नुपर्ने स्पष्ट पारे । 

नेता शर्माले कर्मचारीहरुलाई नयाँ संविधानको स्पिरिटका विषयमा पनि तालिम दिन जरुरी रहेको बताए । लोकतन्त्र, संघीयता र समावेशी सिद्धान्तका बारेमा कर्मचारीहरुलाई आवश्यक तालिम नदिएका कारण त्यसले अहिले आएर विवाद सृजना गरिरहेको नेता शर्माको बुझाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप