बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच श्रीलङ्काली नागरिकलाई देश निकाला : यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

बिहीबार, ०२ साउन २०७६, १७ : १९
बिहीबार, ०२ साउन २०७६

काठमाडौं–सरकारले गैरकानूनी रुपमा नेपाल बसेका ५ जना श्रीलङ्काली नागरिकलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना सहित देशनिकाला गर्ने निर्णय गरेको छ । गत असार २९ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो जरिवाना र ३७ हजार तीन सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निस्काशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

मन्त्रालयमा बिहीबार गरिएको पत्रकार सम्मेलनमा मन्त्रिपरिषदले गरेको निर्णयको जानकारी गराउँदै उनले  तीन सय नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय मार्फत साझा यातायत सहकारी संस्था लिमिटेडलाई तीन अर्व रूपैयाँ नेपाल सरकारको शेयर लगानीका रूपमा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । 

यस्ता छन् अन्य निर्णयहरुः 
नेपाल र जर्मनीका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी आशयपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको कामसमेत निरन्तर गर्न लगाउने निर्णय गरिएको छ ।

बुटिक विमानस्थल विकास सम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्ने निर्णय गरिएको छ ।

प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुख मध्येबाट कम्तीमा तीन जना महिला सहित सात जनालाई नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गरिएको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणका कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्बन्धी ९ अठारौं संशोधन नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

बिद्युतीय बस खरिदका लागि दिइएको अनुदानबारे बोल्दै मन्त्री बास्कोटाले काठमाडौंको ट्राफिक व्यवस्थापन अप्ठेरो भएकोले सो निर्णय गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप