शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कलेज र अस्पतालको बार्गेनिङले विद्यार्थीको भविष्य अन्यौलमा

बिहीबार, ०२ साउन २०७६, १७ : ५८
बिहीबार, ०२ साउन २०७६

पोखरा– पद्म नर्सिङ होम र पद्म नर्सिङ होम स्कुल अफ नर्सिङ बीचको विवाद चुलिएको छ । विवाद चुलिएपछि आगामी वर्षको विद्यार्थी भर्ना समेत रद्द हुने खतरा बढेको छ । प्रशासनको विवादले विद्यार्थीको पठनपाठन समेत प्रभावित भएको छ । परीक्षा आउने समयमा विद्यालयमा भएको विवादले विद्यार्थीलाई तनाव सृजना मात्र गरेको छैन, भविश्यको चिन्ता समेत बढाएको छ । 

केही दिनयता प्रशासन कलेज र अस्पताल प्रशासनबीच चुलिएको विवादले गर्दा कलेजको नियमित काम कारबाही समेत प्रभावित बनेको कलेज प्रशासनले बताएको छ । ‘प्रशासन पक्षको आर्थिक लेनदेनको विषयमा विवाद बढेको हो,’ कलेज प्रमुख इन्दु थापाले भनिन् । अस्पतालमा बिरामीको चाप नहुँदा विद्यार्थीलाई प्राक्टिकलको लागि अरु अस्पतलामा लैजानुपर्ने बाध्यता रहेको उनको भनाई छ । उनका अनुसार कलेजले अस्पताललाई प्राक्टिकल बापत वार्षिक १० लाख रुपैयाँ बुझाउने सहमति गरेको थियो  ।

मेडिकल काउन्सिलको नियमअनुसार कलेज सञ्चालनका लागि १ सय शैयाको अस्पताल हुनुपर्छ । तर, आफूहरुको अस्पतालमा भने १ सय शैयाबाट घटाएर ५० शैयामा पु¥याएको उनले जानकारी दिइन् । ‘कलेज सञ्चालन गर्नका लागि मेडिकल काउन्सिल विधेयकअनुसार १ सय बेड आवश्यक पर्छ । तर, अस्पतालमा भने ५० वटा मात्रै थिए । त्यो पनि घटाएर अहिले २५ मा पु¥याइएको छ,’ कलेज प्रमुख थापाले भनिन्, ‘यसरी त हाम्रा विद्यार्थीले प्राक्टिकल नै गर्न पाउँदैनन् ।’ 

यस्तै, प्रशासनको आर्थिक लेनदेनको विषयले समेत विवाद बढाएको हो । विद्यार्थीलाई प्रयोगात्मक बापत वार्षिक १० लाख रुपैयाँ बुझाउने सहमति गरेको थियो । गएको २ वर्ष यता कलेज प्रशासनले सो रकम अस्पतललाई बुझाउन नसकेको थापाले जानकारी दिइन् । ‘प्रशासन पक्षको आर्थिक लेनदेनको विषयमा समेत विवाद छ,’ उनले भनिन्, ‘गएको २ वर्ष यता प्राक्टिकल बापतको रकम पनि बुझाउन सकिएको छैन । छिट्टै बुझाउँछौं ।’

थापाका अनुसार प्राक्टिकल बापतको रकममा अस्पतालले असन्तुष्टी जनाउँदै मोटो रकमको माग समेत गरेको छ । उनकाअनुसार अस्पतालले वार्षिक ६० लाख माग गरेको छ । कलेजले भने वार्षिक ४० लाख बुझाउन सक्ने बताएको छ । ‘तिमीहरुले विद्यार्थीबाट मोटो रकम असुल्ने हामीलाई भने कम रकम बुझाउने,’ उनले भनिन्, ‘यस्तो भन्नुहुन्छ ।

हामीले त नेपाल सरकाले तोकेको दरमा विद्यार्थीबाट शुल्क उठाउने हो नि ।’ विद्यार्थीलाई प्रयोगात्मकका लागि लैजाँदा समेत डाक्टरहरुले अभद्र व्यवहार गर्ने गरेको उनले गुनासो गरिन् । अस्पतालमा बिरामीको चाप नहुँदा विद्यार्थीलाई प्राक्टिकलको लागि अरु अस्पतलामा लैजानुपर्ने बाध्यता रहेको उनको भनाई छ । विद्यार्थीहरुले प्रयोगात्मक बापत शुल्क दिई रहेको तर, अस्पतालले भने केही सुविधा नदिएको उनको आरोप छ । 

यद्यपि अस्पतालले १ सय शैया सञ्चालन गर्न सक्ने अवस्था भने छैन । ‘हामीले त कि १ सय बेड बनाउनुस्, नत्र छुटकारा दिनुस् भनेर भनेका छौं । तर, उहाँहरुले छुट्कारा दिन पनि अप्ठ्यारो मान्नु भएको छ । खेस्रा लेखेर दिनुभएको थियो । तर, संस्थाको अधिकारिक छाप, लोगो बिनाको पत्रलाई हामीले कसरी आधिकारिक मान्ने ?’ उनले भनिन् । कलेजको अध्यक्षले पनि अस्पतालसँग आधिकारिक पत्रको लागि माग गरेको उनले सुनाइन् ।

यता, अस्पताल प्रशासन प्रमुख योगमान शाक्य भने वार्ताका प्रयास भइरहेका र छिट्टै सहमतिमा जाने बताउँछन् । आज बेलुका ६ बजे दुबै पक्षबीच वार्ताका लागि बोलाइएको उनले सुनाए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप