संसदको राज्यव्यवस्था समिति बैठकमा पञ्चायतकालीन कर्मचारीको प्रशंसा
काठमाडौं– सांसदहरुले पञ्चायतकालका कर्मचारी अनुशासित भएको चर्चा गरेका छन् । बिहिबार बसेको संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनीहरुले अहिलेका कर्मचारीहरु अनुसाशनहीन भएको उल्ले गरेका हुन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा दफा ६७ मा रहेको तालिम सम्बन्धी विषयमा छलफलका क्रममा सांसदहरुले सो कुरा उठाएका हुन् ।
नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले हिजो पञ्चायती व्यवस्थामा जस्तो अहिलेको कर्मचारीतन्त्रमा इमान्दारिता र अनुशासन नरहेको बताए । उनले कर्मचारीतन्त्रमा आधारभूत तालिम अनिवार्य रुपमा दिनुपर्ने बताउँदै कर्मचारीले जति अध्ययन वा तालिम लिएको छ त्यस अनुसार बढुवाको आधार बनाउनुपर्ने बताए ।
उनले भने– ‘अहिले कर्मचारीतन्त्रमा अनुशासनहिनता छ, इमान्दारिता अनुशासन जिरो छ, त्यसलाई कसरी ट्रयाकमा ल्याउन सकिन्छ ? एउटा सचिवले केही निर्णय गर्यो भने अर्को कर्मचारीले टेबुल ठोक्ने गर्छ । विधेयकमा यो विषय समावेश गर्नुपर्छ ।’
यस्तै, नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले देशमा समस्या आउनुको कारण राजनीतिक क्षेत्र र कर्मचारीतन्त्रकोे समन्वय नहुनु रहेको बताए । उनले पञ्चायतकाका कर्मचारीतन्त्रमा अनुशासन रहेको भन्दै बहुदलीय व्यवस्थापछि कर्मचारीतन्त्रमा इमान्दार हुन नसकेको बताए ।
उनले अहिलेको परिवर्तनलाई आफूले विरोध गरेको नभई विकास निर्माणसँग सरोकार राख्ने निकायका कर्मचारीले नै काम अघि बढाउन समस्या सिर्जना गर्ने बताए । उनले भने– ‘विकास सँग सम्बन्धित निकायमा उसले पैसा कमाउँछ भने मैले किन फाइल अगाडि बढाउने भन्ने भएको छ ।’
सक्षम भन्दा पनि राजनीतिक सम्पर्क, पहुँच र शक्तिको पछाडि लागेका आधारमा कर्मचारी माथि जाने अवस्था बहुदलीय व्यवस्था पछि उत्पन्न भएको प्रवृत्ति रहेको उनले बताए । उनले रोजगारी सिर्जना गर्ने निकायमा काम गर्ने कर्मचारीका लागि छुट्टै तालिमको व्यवस्था गर्न विधेयकले समेट्न नसकेको बताए ।
उनले कर्मचारीको उमेरहद ६५ बर्ष राख्नुपर्ने बताउँदै बाहिरको अभ्यास हेर्ने हो भने पनि अनुभवी कर्मचारीलाई राज्यले नछोड्ने र मन्त्रालय बाहिर राखेर भएपनि काम गराउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण