मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तम्घास बजारमा सिसीटिभी क्यामरा जडान गरिँदै

बिहीबार, ०२ साउन २०७६, १९ : ४०
बिहीबार, ०२ साउन २०७६

बुटवल– जिल्ला सदरमुकाम तम्घास बजारमा सिसीटिभी क्यामरा जडान हुने भएको छ । रेसुङ्गा नगरपालिकाको तम्घास बजारका विभिन्न सम्वेदनशील क्षेत्रहरुमा क्यामरा जडान गर्न लागिएको हो । अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउने उद्देश्यले सिसीटिभी क्यामरा जडान गर्न लागिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । जिल्ला प्रशासनको अगुवाईमा विभिन्न संघ–संस्थाको सक्रियतामा क्यामरा जडान गरिने उनले जानकारी दिए ।

बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्न जिल्ला सदरमुकाम तम्घासमा रहेका बैंक तथा वित्तिय संस्थाहरुले आर्थिक सहयोग समेत गर्ने भएका छन । शहरी क्षेत्रमा शान्ति सुरक्षा व्यवस्थालाई सहयोग पु¥याउन सिसीटिभी जडान गर्नका लागि गण्डकी विकास बैंकको तम्घास शाखाले सहयोग गरेको छ । बैंकका शाखा प्रबन्धक कालिदास पाण्डेले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई २५ हजारको चेक हस्तान्तरण गरेका छन् ।

बैंकले संस्थागत सामाजिक उत्तर दायित्वलाई विशेष प्राथमिकता दिदै सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको बैंकका शाखा प्रमुख पाण्डेले बताए । प्रशासनको अगुवाईमा बजार क्षेत्र भित्र पहिलो चरणमा झण्डै १ दर्जन स्थानमा सिसीटिभी क्यामरा जडान गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए  ।

बजार क्षेत्रमा गरिने सिसीटिभी क्यामरा जडानले अपराध नियन्त्रणमा सहयोग पुग्ने र व्यवसायीहरुले आफना व्यवसाय ढुक्कसँग गर्न पाउने व्यवस्था मिलाउन सहयोग गर्ने उनको भनाई छ । क्यामरा जडानको लागि आर्थिक संकलन सुरुवात भइरहेको र संकलित आर्थिक रकमबाट छिट्टै क्यामरा जडान गरिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप