शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप छनोटमा नेपाल कठिन समूहमा

बिहीबार, ०२ साउन २०७६, १९ : ४३
बिहीबार, ०२ साउन २०७६

काठमाडौं– सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको एसियाली छनोट खेलमा नेपाल कठिन समूहमा परेको छ  । एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियामा बुधबार सार्वजनिक गरेको छनोट खेलको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुबेत छन् । समूहमा विश्वकप खेलिसकेको अस्ट्रेलिया निकै बलियो टोली हो ।

एएफसीले एसियाका ४० देशलाई आठवटा समूहमा विभाजन गरेको छ  । प्रत्येक समूहमा पाँच टोली छन् । दोस्रो चरणको छनोट खेल सन् २०२० सेप्टेम्बर ५ देखि जुन ९ तारिखसम्म सञ्चालन हुनेछन् । दोस्रो चरणको छनोट खेलपछि आठवटै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन् । तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पाउँनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप