शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशको धनगढीमा शक्तिशाली बम विस्फोट, ५ जना घाइते

बिहीबार, ०२ साउन २०७६, २० : ४५
बिहीबार, ०२ साउन २०७६

काठमाडौं– सुदूरपश्चिम प्रदेशस्थित कैलाली जिल्लामा शक्तिशाली बम विस्फोट भएको छ । 

 बिहीबार बेलुका कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार विस्फोटमा  ५ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार घाइतेहुनेहरुमा केशवराज पाण्डे,  राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् । उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ ।  अस्पताल पुर्याइएका घाइतेको शरीर नराम्ररी जलेको छ । 

त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।

प्रत्यक्षदर्शीका अनुसार एक युवा होटलबाट निस्कने क्रममा एकाएक विस्फोट हुन पुगेको थियो । उनको पहिचान खुल्न बाँकी रहेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप