शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नागढुङ्गाबाट ब्राउनसुगरसहित २ जना पक्राउ

बिहीबार, ०२ साउन २०७६, २१ : ४९
बिहीबार, ०२ साउन २०७६

काठमाडौं-काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापा बिर्तामोड चारआली बस्ने २२ वर्षीय आकाश लिम्बू र काठमाडौँ गोङ्गबु बस्ने २४ वर्षीय विशाल मगर रहेका छन् । उनीहरुमध्ये लिम्बूको साथबाट लागुऔषध ब्राउनसुगर ५.८४ ग्राम  र मगरको साथबाट लागुऔषध ब्राउनसुगर ०.४० ग्राम बरामद भएको छ । काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ६३७४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लिम्बू र मगरलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । 

यसैबीच काठमाडौँ महानगरपालिका–३ मैतीदेवी मन्दिर परिसरमा बस्दै आएका काभ्रेपलाञ्चोक घर भएका ४९ वर्षीय विष्णुबहादुर तामाङ आज मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप