शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी बम विष्फोटको घटनाबारे बोल्यो विप्लव नेतृत्वको नेकपा

बिहीबार, ०२ साउन २०७६, २२ : १९
बिहीबार, ०२ साउन २०७६

काठमाडौं-सुदूरपश्चिम प्रदेशस्थित कैलाली जिल्लामा भएको शक्तिशाली बम विस्फोटमा आफ्नो पार्टीको संलग्नता नरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दाबी गरेको छ । सो पार्टीका कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले बम विष्फोटलगत्तै प्रतिक्रिया दिँदै बम विष्फोट गराउने आफ्नो पार्टीको नीति नभएको दाबी गरेका हुन् । 

कैलाली विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको भन्दै कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्ले  भनेका छन्, ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधैं हाम्रो पार्टीको  नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ । अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।’

बिहीबार बेलुका कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको थियो ।प्रहरीका अनुसार विस्फोटमा  ५ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार घाइते हुनेहरुमा केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् । उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । अस्पताल पुर्याइएका घाइतेको शरीर नराम्ररी जलेको छ । 

त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएकै बेला जिल्ला सेक्रेटरी मल्लबाट उक्त प्रतिक्रिया आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप