बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँच श्रीलंकालीलाई निष्कासन गरिने

शुक्रबार, ०३ साउन २०७६, ०७ : ०२
शुक्रबार, ०३ साउन २०७६

अबैध रुपमा नेपालमा बसोबास गरिरहेका पाँच जना श्रीलंकाली नागरिकलाई सरकारले निष्कासन गर्ने भएको छ । पर्यटक भिषामा आएर र भिषा अवधि सकिएपछि अटेर गरी नेपालमा बसेका श्रीलंकनलाई सरकारले फिर्ता पठाउने भएको हो ।

गत असार २९ को मन्त्री परिषद्को बैठकले गरेको निर्णय विहीवार सार्वजनिक भएको हो । पाँचजनाले तिर्नुपर्ने २ लाख ५० हजार जरिवाना र भिसा शुल्क बापतको ३७ हजार ३ सय ८० अमेरिकी डलर मिहान गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 

पाँचै जनासँग नेपाल आएको आधिकारिक कागजपत्र र भिषा अवधि भएको प्रमाण नभएपछि निष्कासनको प्रकृयाअघि बढाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । ‘उनीहरुले तिर्नुपर्ने जरिवाना र ‘ओभरस्टे’ शुल्क मिनाह गर्दै स्वदेश फर्काउने तयारी गरिएको हो’–उनले भने । 

यसैगरी मन्त्रिपरिषद्ले नेपाल र जर्मनीवीच द्वीपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी आशय पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृती दिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप