मलेसियाले जरिवाना तिरे गैरकानुनी कामदारलाईस्वदेश फर्कन दिने
शुक्रबार, ०३ साउन २०७६, ०७ : २१
मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई माफीसहित स्वदेश फर्कन दिने भएको छ ।
गृहमन्त्री मुहिद्दिन यासिनले बिहीबार पुत्राजयस्थित अध्यागमन विभागमा पत्रकार सम्मेलन गर्दै आगामी अगष्ट १ देखि डिसेम्बर अन्त्यसम्मको ५ महिने आममाफी कार्यक्रम घोषाणा गरे ।
‘ब्याक फर गुड (बीफोरजी)’ नाम दिइएको आममाफी कार्यक्रमअन्तर्गत गैरकानुनी कामदारले स्वदेश फर्कन ७०० रिंगिट जरिवाना शुल्क तिर्नुपर्नेछ ।
यासिनले उक्त कार्यक्रमको उपयोग गर्दै गैरकानुनी आप्रवासी अध्यागमन विभागका कार्यालयमा जरिवाना शुल्क तिरेर स्वदेश र्फन सक्ने बताए । घर फर्कन चाहने गैरकानुनी कामदार सम्बन्धित देशका दूतावासबाट यात्रा अनुमतिपत्र लिएर अध्यागमन विभाग कार्यालयमा उपस्थित हुनुपर्ने छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स