शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मंसिर पहिलो साता उपनिर्वाचनको सम्भावना

शुक्रबार, ०३ साउन २०७६, ०७ : ४९
शुक्रबार, ०३ साउन २०७६

निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको बताएको आयोगले उपनिर्वाचनका लागि आन्तरिक तयारी अघि बढाएको हो । निर्वाचन ऐनअनुसार नै पनि निर्वाचन सम्पन्न गर्न आयोगलाई कम्तीमा पनि १ सय २० दिन आवश्यक पर्छ ।

सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समेत उपनिर्वाचनलाई प्राथमिकतामा राखेको छ भने प्रधानमन्त्री केपी ओलीले समेत रिक्त स्थानमा छिट्टै निर्वाचन हुने बताउँदै आएका छन् ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कात्तिक मसान्त वा मंसिर पहिलो सातासम्म रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी आयोगले तयारी अघि बढाएको बताए । यो समाचार आजको राजधानी दैनिकमा  महेश्वर गौतमले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप