शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनेरास्ववियुमा विवादः माधव नेपाल र प्रचण्ड पक्षको बहिस्कार

शुक्रबार, ०३ साउन २०७६, ०८ : १४
शुक्रबार, ०३ साउन २०७६

नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको पत्रकार सम्मेलनलाई माधव नेपाल र प्रचण्ड पक्षधरले बहिस्कार गरेका छन् । 

 चरम विवादमा फसेको अनेरास्ववियुको बिहिबार आयोजित पत्रकार सम्मेलनलाई नेपाल र प्रचण्ड पक्षधरका नेताहरुले बहिस्कार गरेका हुन् । 

संयोजक ऐन महरले एक लौटी कार्यकर्ता भेला आयोजना गरेपछि माधव नेपाल र प्रचण्ड पक्षधर विद्यार्थी नेताहरुले बहिस्कार गरेका हुन् ।

प्रचण्ड निकट सह संयोजक रञ्जीत तामाङ विदेशमा छन भने सुरेन्द्र बस्नेत र उत्तम अधिकारीले पत्रकार सम्मेलन बहिस्कार गरे । त्यस्तै, माधव नेपाल पक्षधर सुदेश पराजुली लगायत पनि पत्रकार सम्मेलनमा गएनन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको जोडबलमा मापदण्डै मिचेर महरलाई एकिकृत अनेरास्ववियूको अध्यक्ष बनाईएको थियो ।

एमाले अखिल अध्यक्ष नविना लामा र माओवादी अखिल अध्यक्ष रञ्जित तामाङलाई बाइपास गरेर एमाले अखिलका महासचिव महरलाई संयोजक बनाएर तामाङलाई सह संयोजक बनाईएको थियो ।

एकिकृत संगठनको संयोजक बने लगत्तै महरले माधव नेपाल र प्रचण्ड समूहलाई बाईपास गरेपछि अनेरास्ववियुको विवाद सतहमै आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप