शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटक भिडियोमार्फत् घृणा फैलाएको आरोपमा नायक एजाज खान पक्राउ

शुक्रबार, ०३ साउन २०७६, १२ : ४७
शुक्रबार, ०३ साउन २०७६

विवादित नायक एवं बिग बसका पूर्व प्रतियोगी एजाज खानलाई मुम्बई पुलिसले बुधबार पक्राउ गरेको छ । एजाजले एउटा टिकटक भिडियो बनाएका थिए जुन कथित रुपमा साम्प्रदायिक छ । भिडियोमा तबरेज अंसारीको मृत्युपछि एक समुदायलाई धम्काइएको छ ।

एजाज खानले भिडियोमा एक समुदायविरुद्ध बोलिरहेका थिए । यति मात्र होइन एजाजले भिडियोमा हिंसा भड्काउने धम्की पनि दिएका थिए । टिकटक भिडियोमा एजाज खानले एक बलिउड डायलग बोलेर मुम्बई पुलिसको खिल्ली उडाइरहेका छन् ।

मुम्बई पुलिसले केही टिकटक सेलब्रिटीविरुद्ध एफआईआर दर्ता गरेका थिए । तबरेज अंसारीको कुटीकुटी हत्या गरिएपछि केही टकटक सेलिब्रिटीले ग्रुप बनाएर विवादित भिडियो पोष्ट गरेका थिए । एजाज खानले यो भिडियोलाई समर्थन गरेका थिए ।

ड्रग्स मामलामा भइसकेका छन् पक्राउः

एजाज खान यसअघि लागुऔषध राखेको मामलामा पनि पक्राउ भइसकेका छन् । एजाज खानबाट ८ प्रतिबन्धित लागुऔषधका चक्की भेटिएको थियो । नारकोटिक्स विभागले उनलाई नशाको स्थितीमा पक्राउ गरेको थियो ।

यस्तै, सन् २०१६ मा एक ब्यूटिसियनलाई अश्लील तस्बिर पठाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप