माछापुच्छ्रे बैङ्कले ब्याजबाट कमायो साढे ३ अर्ब, नाफामा ३६ प्रतिशतको बृद्धि
शुक्रबार, ०३ साउन २०७६, १३ : ०८
माछापुच्छ्रे बैङ्कले नाफा कमाएको चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेको छ ।
माछापुच्छ्रे बैङ्कले एक अर्ब ७० करोड रुपैयाँ ३५ लाख ३५ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिको तुलनामा ३६.३२ प्रतिशतले नाफा बढेको हो । गत वर्ष १ अर्ब २४ करोड ९६ लाख रुपैयाा नाफा गरेको थियो ।
बैङ्कले ब्याज आम्दानीबाट ३ अर्ब ५३ करोड ९९ लाख ४७ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा २९ प्रतिशतले बृद्धि हो । गत वर्षको यसै अवधिमा बैङ्कले २ अर्ब ७३ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैङ्कले स्प्रेडदर घटाएर ४.२७ प्रतिशतमा झारेको छ । बैङ्कको आधारदर १०.३७ प्रतिशत छ । बैङ्कको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १४ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै