शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनबाट डिजेल नेपाल आइपुग्यो

डिजेल परीक्षण सफल भए तत्काल उद्घाटन गरिने
शुक्रबार, ०३ साउन २०७६, १३ : ०९
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं । भारत–नेपाल सहज तेल आपूर्तिका लागि तयार गरिएको मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनबाट तेल आपूर्ती शुरु भएको छ ।

औपचारिक रुपमै तयारी पूरा गरेर तेल आपूर्तिलाई सहज गर्न इण्डियन आयल कर्पोरेसन(ओइसी)ले पाइपबाट पानी र तेल नेपाल पठाएपछि यसको सुरुवात भएको हो ।

बिहिबार परिक्षणात्मक रुपमा आईओसीले पाइप लाइनमार्फत पठाएको पानी र डिजेल शुक्रबार अमलेखगन्ज आइपुगेको छ ।

निगमका अनुसार भारतको पटनाबाट बिहान विहान १० बजे पानी र डिजेल एकैसाथ पम्पिङ गरिएको थियो । उक्त पाइपबाट साढे ६ सय किलोलिटर पानी र ३१ सय किलोलिटर डिजेल पठाइएको थियो ।

पाइपमार्फत पठाइएको पानी र डिजेल बिहिबार रातीनै अमलेखगन्ज आइपुग्ने भनिएपनि ढिला गरेर शुक्रबार बिहान करिब ८ः३० बजेमात्र आइपुगेको छ ।

नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार अहिले पाइपबाट तेल आपूर्ती जारी छ ।

स्रोतका अनुसार अहिले तेल भण्डारण गरिदै छ । शुक्रबारनै तेलको परिक्षण गर्ने कार्यक्रम रहेकाले पाइपबाट तेल आउने बित्तिकै तेलको स्याम्पलिङसमेत लिइसकेको अमलेखगन्ज डिपोका एक अधिकृतले रातोपाटीलाई जानकारी दिएका छन् ।

यो परीक्षण सफल भएपछि उद्घाटनका लागि तयार हुने अमलेखगन्ज डिपोले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप