मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बिग मर्जरको चर्चासँगै यस्तो छ ‘बिग बैङ्क’को सेयरको अवस्था : सबैभन्दा महङ्गो नबिल र एभरेष्ट !

शुक्रबार, ०३ साउन २०७६, १४ : ०६
शुक्रबार, ०३ साउन २०७६

अहिले बैङ्किङ क्षेत्रमा बिग मर्जरको चर्चा निकै छ । केन्द्रीय बैङ्कले मौद्रिक नीतिमार्फत् बिग मर्जरको नीति लिनेछ । 

मौद्रिक नीति अगाडी बैङ्कहरुलाई मर्जरमा जान प्रतिबद्धता जनाउँदै राष्ट्र बैङ्कलाई जानकारी गराउन भनेपछि अहिले बैङ्कहरु प्रतिबद्धता पत्र बोकेर केन्द्रीय बैङ्क धाइरहेका छन् ।

बिग बैङ्क भन्नाले वाणिज्य बैङ्कहरुलाई एक आपसमा मर्जरमा लैजाने केन्द्रीय बैङ्कको रणनीति हो । यसैबीच यहाँ बिग मर्जरको चर्चाले बिग बैङ्कको सेयर मूल्यमा कस्तो असर गरेको छ भनेर देखाउन खोजिएको छ ।

बिग मर्जरकै हल्लाका बीचमा पनि बाणिज्य बैङ्कहरुको सेयर मूल्य खासै आकर्षक देखिएको छैन । बैङ्कहरुको चौथो त्रैमास सकिएको छ अब बैङ्कहरुले धमाधम आफ्नो वित्तीय विवरण पनि प्रकाशित गर्नेछन् ।

यसै बीच माछापुच्छ्रे बैङ्कले वित्तीय विवरण प्रकाशित गरिसकेको छ ।

बैङ्कहरुको बिहीबारसम्मको (साउन २ गते) कारोबारको अवस्थालाई हेर्दा सबैभन्दा महङ्गो सेयर नबिल बैङ्क र एभरेष्ट बैङ्कको सेयर मूल्य तुलनात्मक रुपमा अरु बैङ्कको भन्दा बढी देखिएको छ । यद्यपि, कुनै बैङ्कको पनि सेयर मूल्य हजारसम्म पनि पुग्न सकेको देखिँदैन । अधिकांश बैङ्कको सेयर मूल्य २–३ सयको हाराहारीमा छ ।

शुक्रबारसम्ममा (साउन ४ गते) वाणिज्य बैङ्कहरुको हालको सेयर मूल्य यस्तो छ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप