शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धको मूर्ति तोडफोड गर्नेलाई कडा कार्वाही गर्न राप्रपाको माग

शुक्रबार, ०३ साउन २०७६, १५ : १६
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ राजमार्गमा भएको भगवान बुद्धको मूर्ति तोडफोडको घटनाले मर्माहत बनाएको जनाएको छ । आज सो पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले एक विज्ञप्ति जारी गरी सो घटनाले सम्पूर्ण नेपालीहरुलाई मर्माहत बनाएको बताएका हुन् । 

विज्ञप्तिमा यस्तो धार्मिक, सामाजिक र साँस्कृतिक सद्भाव भड्काउने कार्यमा संलग्न अपराधी व्यक्तिलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कार्वाही गर्न समेत माग गरिएको छ । केही लिदनअघि अज्ञात समूहले सिद्धार्थ राजमार्गमा रहेको बुद्धको मुर्ति तोडफोड गरेको थियो । सो घटनाको चौतर्फी रुपमा विरोध हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप