नवलपुरमा सर्पको डसाइबाट १ जनाको मृत्यु
शुक्रबार, ०३ साउन २०७६, १५ : ४२
नवलपरासी– नवलपरासी पूर्व नवलपुरमा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । आज बिहान कावासोती नगरपालिका–१७, निवासी ६८ वर्षीय बुद्धिबहादुर थापाको सर्पको डसाइबाट मृत्यु भएको हो । सर्पले डसेको थाहा नपाउँदा विषको असर शरीरमा देखिएपछि मात्र थापालाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।
उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा ल्याइएकामा चिकित्सिकले मृत घोषणा गरेका थिए । थापालाई बिहान साढे ५ बजेको समयमा घरमा सर्पले डसेको हुनसक्ने परिवारले जनाएको छ । त्यसको एक घण्टापछि विषको असर देखिएपछि मात्र सर्पले डसेको आशङ्का गरी अस्पताल ल्याइएको थियो ।
गर्मी मौसम र अहिले पानी परेका कारण जमीनमुनि लुकेर बसेका सर्पहरु बाहिर आउने हुँदा विशेष सावधानी अपनाउनुपर्ने कालीगण्डकी अस्पतालका सर्पदंश चिकित्सिक डा छविलाल थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानको न्यूनतम समर्थन मूल्य तोकियो, किसानले प्रतिक्विन्टल २८ सय पाउने
-
बागमतीको सत्तामा हाम्रो नेपाली पार्टीको 'इन्ट्री', बज्राचार्य बने मन्त्री
-
रास्वपाले गर्यो एमाले पार्टी कार्यालयको अध्ययन भ्रमण
-
इलाम—२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार
-
मन्त्री बन्न र सत्ता जोगाउन बागमतीमा ५ बुँदे निर्णय
-
सादा पोसाकमा प्रहरी परिचालन नगर्न सर्कुलर