शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘एकलब्य’को ‘मलाई बनायौ किन...’ गीत सार्वजनिक

शुक्रबार, ०३ साउन २०७६, १८ : ३४
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं – १० साउनबाट प्रदर्शनमा आउने फिल्म ‘एकलब्य’को दोश्रो गीत गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारका लागि नयाँ गीत बाहिर ल्याएको हो ।

प्रेमभावले भरिएको गीतमा युवराज चौलागाई र मेलिना राईको स्वर तथा राजेन्द्र बजगाइको शब्द, संगीत छ । गीतको भिडियोेमा अभिनेता सोनाम थापामगर र अभिनेत्री ओसन भट्टराई बीचको प्रेम देखाइएको छ । यसको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

‘एकलब्य’ अनमोल शर्माले निर्देशन गरेका हुन् । पारिवारिक प्रेम कथामा आधारित फिल्ममा सोनाम र ओसिन भट्टराईसँगै पुष्कर राउत, सुशील पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुन लगायतको मुख्य भूमिका रहेको छ ।

राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगर निर्माता रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप