शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट प्रहरीद्धारा फरार तस्कर पक्राउ

शुक्रबार, ०३ साउन २०७६, १९ : ३६
शुक्रबार, ०३ साउन २०७६

रौतहट– प्रहरीले रौतहटबाट भारततर्फ तस्करी गर्दै आएका लामो समयदेखी फरार एकजना तस्करलाई पक्राउ गरेको छ ।  गत बैशाख २६ गते नेपालबाट गाई र बाच्छी तस्करी गरी भारत तर्फ लैजाने क्रममा प्रहरीलाई हेर्नसाथ फरार भएका रौतहट फतुवा विजयपुर नगरपालिका वडा नं ८ का ५२ वर्षीय लम्बुु भन्ने शेख सफरुललाई प्रहरीले पक्राउ गरेको हो  ।

जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी निरीक्षक पप्पुु नायकको कमाण्डमा खटिएको प्रहरी टोलीले तस्कर सफरुललाई जिल्लाको ईशनाथ नगरपालिका वडा नं ३ बन्जरहा बाँध दशगजा क्षेत्रबाट आज दिउँसो सबा ३ बजेको समयमा पक्राउ गरेको हो ।


पक्राउ परेका सफरुलमाथि आवश्यक कार्यवाही भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै बरामद भएका गाई र बाच्छीलाई आवश्यक कार्यवाहीको लागी जिल्ला भन्सार कार्यालयमा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले  जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप