चिनियाँ ग्याँस उद्योगमा विस्फोट, दुईको मृत्यु, १२ सम्पर्कबिहीन
शुक्रबार, ०३ साउन २०७६, २३ : २५
बेइजिङ-चीनको एउटा ग्याँस उद्योगमा भएको विस्फोटनमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने घटनापछि १२ जना सम्पर्कबिहीन भएका छन् ।
देशको मध्यभागमा रहेको हेनान कोल ज्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते पनि भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.५० मा विस्फोट भएको यीमाको स्थानीय प्रशासनले जनाएको छ । विस्फोटनपछि उद्योगको काम बन्द गरिएको छ । -एएफपी /picture: jagaran.com