शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक वर्षमा दुई सय ‘राष्ट्रसेवक’ घुससहित पक्राउ

शनिबार, ०४ साउन २०७६, ०६ : ३८
शनिबार, ०४ साउन २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा दुई सय कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियार र त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका सहायक डिन प्राडा. शम्भुप्रसाद पटेलसहित दुई सय ‘राष्ट्रसेवक’ कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका हुन् ।

आयोगका अनुसार पक्राउ परेका मध्ये रौनियार र पटेल विशिष्ट श्रेणीका हुन् ।

एक वर्षको अवधिमा दुई विशिष्ट श्रेणीका कर्मचारी, सात जनप्रतिनिधि र ३२ विचौलियासहित दुई सय जनालाई घुससहित पक्राउ गरिएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

अख्तियारले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तह अन्तरगतका निकायमा हुने गरेको तथ्यांक पनि सार्वजनिक गरेको छ । पछिल्लो एक वर्षमा २६ प्रतिशत भ्रष्टाचार र अनियमिततासम्बन्धी उजुरी संघीय मामिला मन्त्रालय र स्थानीय तह अन्तरगतका निकायसँग केन्द्रीत रहेको अख्तियारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप