शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कानुन बनाउँदै बित्यो वर्ष दिन

शनिबार, ०४ साउन २०७६, ०७ : २८
शनिबार, ०४ साउन २०७६

आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा संविधानमा उल्लेख भएपपछि त्यसको कार्यान्वयनका लागि ऐन, नियमावली, नीति तथा कार्यविधि बनाउनमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्ष विताएको छ ।

२०७५/७६ मा आधा दर्जनभन्दा बढी ऐन, नीति र नियमावाली तयार परेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार जनस्वास्थ्य सेवा ऐन। २०७५ र राष्ट्रिय स्वास्थ्य नीति ०७६ लागु भइसकेको छ । जनस्वास्थ्य सेवा नियमावलीको सस्यौदा तयार भएको छ । त्यस्तै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लागू गरिएको छ ।

जनस्वास्थ्य सेवा नियमावली र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्य अधिकार नियमावलीको मस्यौदा तयार भएको मन्त्रालयका सचिव थपलियाले जानकारी दिए ।

यो समाचार अन्नपूर्ण दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप