शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खुर्कोट–घुर्मी सडक सञ्चालन

शनिबार, ०४ साउन २०७६, १० : ४७
शनिबार, ०४ साउन २०७६

सोलुखुम्बु । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ । अबिरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो ।

करीब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेपछि आवागमन ठप्प बनेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुईतर्फी नै खुलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए।

पहिरो पन्छाएपछि सवारी आवागमन शुरु भएको यातायात व्यवसायी दोर्जी शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार शुक्रबार आंशिक रुपमा सवारी सञ्चालन भएका छन् । शनिबारदेखि पूर्णरुपमा सवारी सञ्चालन गर्ने गरि टिकट दिन शुरु गरिएको दुधकुण्ड यातायात प्रालि काठमाडौँ काउण्टरका ईन्द्र कटेलले जानकारी दिए । 

“सडक अझै पनि जोखीम युक्त छ ।” उनले भने, “सामान कम गरेर भए पनि जसोतसो सेवा दिन थालिएको छ ।” हप्ता दिनदेखि अलपत्र परेका यात्रु गन्तब्यतर्फ प्रस्थान गर्न थालेको सोलुखुम्बु ट्राफिक प्रहरी नारणबहादुर बस्नेतले जानकारी दिए । 

उहाँका अनुसार अहिले सवारी अवागमन शुरु भएसँगै यात्रुको चहलपहल देखिएको छ । सवारी आवागमन सञ्चालन भएपछि यात्रु खुसी भएका छन् । तर सडक जोखिम युक्त भएकाले अझै पनि राम्रो गरी मर्मत गरिनुपर्ने थुलुङदुधकोशी गाउँपालिका–६ का वडाध्यक्ष फुर्तिमान तामाङले बताए। 

शुक्रबार काठमाडौँबाट मोटरसाइकलमा सोलुखुम्बु आउनुभएका अध्यक्ष तामाङले अझै केही दिन कष्टपूर्ण यात्रा गर्नुपर्ने बताउनुभयो । उनले मोटरसाइकल एक्लैले लैजान अलि कठिन हुने भन्दै साथीसँग यात्र गर्न आफ्नो फेसबुक पेजमार्फत सुझाव दिएमा छन्। 

 यता सिद्धिचरण लोकमार्ग भने केही दिन सञ्चालनमा आउन समय लाग्ने बताइएको  छ । सडकखण्डको ठाँटी लगायतको क्षेत्रमा खसेको ठूलो पहिरो पन्छाउने काम भइरहेकाले चाँडै सञ्चालनमा आउने उदयपुरका प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले जानकारी दिए । 
  सवारी आवागमन ठप्प हुँदा महङ्गीसमेत बढ्न थालेको छ भने सोलुुुुखुम्बु लगायतको जिल्लामा तरकारी लगायतको खाद्य वस्तुसमेत पाउन छाडिएको उपभोक्ताले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप