बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेलिकप्टरबाट बैंकको सामग्री ढुवानी

शनिबार, ०४ साउन २०७६, १२ : ४९
शनिबार, ०४ साउन २०७६

जाजरकोट। यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामग्री ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले बताएको छ ।

 शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालताङ प्रभु बैंकको शाखा विस्तार गर्न हेलिकोप्टर प्रयोग गरिएको हो । सामान सुर्खेतबाट जुफाल विमानस्थल र जुफालबाट सालताङ पु¥याइएको हो । सहज रुपमा यातायातका साधनमा ढुवानी गर्ने काम नभएपछि हेलिकोप्टर प्रयोग गरिएको हो ।  कर्णाली प्रदेश सरकारले डोल्पा मुड्केचुला गाउँपालिका–१ काशिलखोलामा राहत वितरण गर्नसमेत हेलिकोप्टरको प्रयोग भएको थियो ।

 त्यस्तै डोल्पामा अहिलेसम्म पाँच वटा सुत्केरी हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ । डोल्पाका अधिकांश काम लाखौँ खर्च गरेर हवाई मार्गमार्फत काम हुने गरेको छ । 

उपल्लो डोल्पामा गरिने अधिकांश विकास निर्माणका कामदेखि अनुगमनमा समेत हेलिकोप्टरको प्रयोग हुने गरेका छन् । विकास निर्माणमा प्रयोग हुने सामग्रीसमेत हेलिकोप्टरमार्फत नै ढुवानी हुँदै आएको छ । वर्षेनी करोडौँ रकम हेलिकोप्टर, जहाजमार्फत ढुवानीमा खर्च हुने गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप