बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चक्रपथ सफाइ अभियान अन्तर्गत बालाजुदेखि माछापोखरीसम्म सफाइ गरियो

शनिबार, ०४ साउन २०७६, १३ : ५४
शनिबार, ०४ साउन २०७६

काठमाडौं– चक्रपथ सफाइ अभियान शनिबार पनि जारी रहेको छ । अभियान  अन्तरगत शनिबार बालाजु चोकदेखि माछापोखरीसम्मको सफाइ कार्यक्रम सम्पन्न गरिएको छ।  

चक्रपथ सफाइ अभियानको १०१ औं दिनको अवसर पारेर शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बालाजुदेखि माछा पोखरीसम्मको सफाइ गरिएको चक्रपथ सरसफाइ अभियानका संयाेजक ताराबहादुर कुँवरले जानकारी दिए । 

अभियानका सहसंयोजक समेत जमकट्टेलका अनुसार सफाइ अभियानमा स्थानीय प्रहरी प्रशासन, विद्यालय, सामाजिक संघ, संस्था र स्थानीय महिलाहरुले निरन्तर साथ दिइरहेका छन् । 

आजको सफाइ अभियानमा पनि स्थानीय प्रहरी र महिला, सवाजसेवी, काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाललगायतको सहभागिता रहेको थियो । 

२०७१ सालबाट सुरु गरिएको सो अभियान अन्तरगत हालसम्म कलंकीदेखि माछा पोखरीसम्ममा २७८ ट्रक फोहोर संकलन गरी व्यवस्था गरिएको छ । संयाेजक कुँवरका अनुसार गत शनिबार हालसम्म निरन्तर सो अभियानमा सहभागी भएकाहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा सम्मान पनि गरिएको थियो ।

यो अभियान हरेक शनिबार बिहान ७ बजेबाट ९ बजेसम्म चक्रपथ क्षेत्रमा संचालन हुने गरेको छ । 

घरघरबाट सफाइ अभियान संचालन गर्नुपर्छ भन्ने सन्देशका साथ चक्रपथ सफाई अभियानलाई निरन्तरता दिइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप