बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् हिमालय क्षेत्रकै ठूलो साइकल यात्रा ‘काठमाडौं कोरा’

शनिबार, ०४ साउन २०७६, १४ : १६
शनिबार, ०४ साउन २०७६

काठमाडौं । हरेक वर्षझैं यसवर्ष पनि साइकल यात्रीहरुले ‘काठमाडौं कोरा’को आयोजना गरेका छन् । प्रत्येक वर्ष जुलाईको तेस्रो शनिबार काठमाडौं कोरा हुँदै आएको छ । 

‘काठमाडौं कोरा’को नामले परिचित साइकल यात्रामा काठमाण्डौ उपत्यका वरपर ५० किमी, ७५ किमी अथवा १०० किमीको साइकल यात्रा गर्न सकिन्छ । 

यो साइकल यात्रा पहिलो पटक सन् २०११ मा सुरु हँदा यसमा जम्मा ३५ जना मात्र सहभागी थिए । २०१९ को संस्करणसम्म आइपुग्दा यो हिमालय क्षेत्रमा हुने ठूलो साइकल यात्रा बनेको छ ।

लगभग ३ हजारभन्दा बढी साइकल यात्री यस वर्षको ‘काठमाण्डौं कोरा’ साइकल यात्रामा सहभागी भएको आयोजकले बताएको छ ।  

साइकल यात्रामा सहभागीता निशुल्क भए पनि यसमा सहभागी भएकाहरुले प्रत्येक एक किमी दुरी बराबर १०० रुपैया जम्मा गर्नुपर्ने चुनौती स्वीकार्छन् ।

यसरी संकलित हुने रकम सामाजिक कार्यमा खर्चिने गरिएको छ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप