शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा इन्जिनियरिङ अध्ययनका लागि २८ जनालाई छात्रवृत्ति

शनिबार, ०४ साउन २०७६, १६ : १७
शनिबार, ०४ साउन २०७६

जनकपुर–प्रदेश नम्बर २ सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश काकिनाडा स्थित आदित्य एजुकेशनल इन्स्टिच्युसनले २८ जना छात्रालाई छात्रवृत्ति दिने भएको छ ।

इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई सहयोग पुर्याउनका लागि १८ जना छात्रा तथा सहिद परिवारबाट १० जना छात्र–छात्रालाई इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिन लागेको हो । 

यस अन्तर्गत  सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलोजि, माइनिङ्ग, पेट्रोलियम, एग्रीकल्चर, इलेट्रिकल, इलेक्ट्रोनिकमा पूर्ण छात्रवृति दिने इन्ष्टिच्यूसनका डाइरेक्टर परमजित सिंहले जानकारी दिए ।

यस अन्तर्गत छात्रवृति पाउने छात्रछात्राहरुले छात्रावास, किताव खर्च , परीक्षा शुल्क र पोशाक शुल्क भने आफैले बेहोर्नु पर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप