बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुुई बालिकाको डुुबेर मृत्युु

शनिबार, ०४ साउन २०७६, १६ : ४३
शनिबार, ०४ साउन २०७६

रौतहट । रौतहटस्थित लालबकैया नदीमा डुबेर शनिबार दुुई बालिकाको मृत्युु भएको छ ।

मृत्यु हुनेमा  देवाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका रामानन्द साहको छोरी बर्ष ८ की निरुता कुमारी र सोही ठाँउका रामनरेश साहका ९ बर्षीया छोरी पिंकी कुमारीको रहेको प्रहरीले जनाएको छ । 

 घरबाट बाख्रा चराउन हिँडेका दुुबै बालिका गर्मी छल्न नदीमा नुहाउन  पुगेकाेमा एकाएक डुब्न पुगेका थिए । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी नविक कार्कीले मृतक दुुबै बालिकाको शव पोष्टमार्टमको लागि गौर पठाइएको जानकारी दिए । 

यसैबीच देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवीले मृतक परिवारलाई राहत र क्षतिपुुर्ती दिन सरकार संग माग गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप